योजनाबद्ध तवरले विकास गर्छु : नगर प्रमुख श्रेष्ठ

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

म्याग्दी, १२ जेठ ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बेनी नगरभित्र योजनाबद्ध तवरले विकासका कार्यक्रम अघि बढाइने बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिका लागि बेनीस्थित क्याम्पसचोक टोल सुधार तथा संरक्षण समितिले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख श्रेष्ठले नगरपालिका क्षेत्रका हरेक बस्तीमा अनुभूति हुनेगरी योजनाबद्धरुपमा विकासका योजनामा बजेट विनियोजन गर्ने र योजना निर्माण प्रक्रियामा सबै सरोकारवालाको सहभागिता गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।
‘‘ अहिले नै यो काम गर्छु भन्ने र बोल्ने अवस्था छैन, विकासकालागि योजना बनाउनुपर्ने आवश्यकता छ, गर्नुपर्ने काम धेरै भएकाले योजनाबद्ध तवरले अगाडि बढ्ने सोच बनाएको छु,’’–प्रमुख श्रेष्ठले भन्नुभयो ।
समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित वडा नं– ७ र ८ बाट निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time