विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यी हुन् उदाहरणीय जीवनशैली भएका विश्वका नेता, केही सिक्न सकिन्छ ?

  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

काठमाडौं । विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन् ।

उनीहरुलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ । राज्यको व्यभार कटौती गर्ने पनि छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवासमा क्याम्पस सञ्चालन गर्न दिएका छन् । यस्ता विश्व नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् ।

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री

सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकार प्रमुखको सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । अलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा सारे र त्यहाँ क्याम्पस सञ्चालन गरे ।

प्रधानमन्त्रीको सुरक्षाका लागि रहेको हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैंसी लिलामीमा राखे । दुईवटा गाडी मात्रै आफ्नो सचिवालयमा राखे ।

आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रुपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहत सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे ।

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति
बाराक ओबामा अबकासपछि आफ्नै फाउन्डेनबाट समाजसेवामा सक्रिय छन् । सर्वसाधारणकै शैलीमा व्यस्त सपिङ कम्पप्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् ।

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री
रुटी राजनीतिमा आउनुअघि व्यवसाय गर्थे । अहिले पनि स्मार्टफोन प्रयोग गर्दैनन्, नोकियाको सामान्य फोन चलाउँछन् ।

प्रधानमन्त्री भएपछि पनि साताको एकदिन प्राथामिक विद्यालयमा पठाउन जान्छन् । साइकल चढेरै कार्यालय जाने–आउने गर्छनु । अगाडि–पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन् ।

डोनाल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति
ट्रम्प विलासी र सन्काहा नेताका रुपमा जति परिचित छन् त्यति नै मनकारी पनि छन् । राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै उनले तलब नलिने घोषणा गरेका थिए ।

तर, अमेरिकी कानुनले उनलाई त्यस्तो छुट दिएन । उनी अहिले वार्षिक एक डलर मात्रै तलब लिन्छन्, बाँकी ३९ हजार नौ सय ९९ डलर सामाजिक काममा खर्चिन्छन् ।

जस्टिन ट्रयुडो, क्यानाडाका प्रधानमन्त्री
प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजारलाई उनले क्यानाडामा स्वागत गरे ।

कतिपयलाई लिन त विमानस्थल नै पुगे । आफू हिँड्ने बाटोमा साइरन बजाउँदै यात्रुलाई दुःख दिँदैनन् ।

जुली एनी गेन्टर, न्यूजिल्यान्डकी यातायातमन्त्री
जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैं चर्चा गर्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time