Tuesday, September 29, 2020

यस्ता छन् सुकुमेलका फाइदा

नेपाली भान्सामा मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । यसले ग्यास्ट्रिकबाट रक्षा गर्छ, कोलेस्टेरोल तथा क्यान्सर नियन्त्रण गर्छ, मुटुसम्बन्धी समस्याबाट राहत दिन्छ र रक्तसन्चारमा सुधार गर्छ ।

यसका साथै यो दाँतसम्बन्धी रोग र मुत्रनली संक्रमणजस्तै सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि पनि फाइदाजनक मानिन्छ । यो नपु‌सकता, यौन उत्तेजना नहुने र चाँडै वीर्य झर्ने समस्या पनि समाधान गर्छ ।

कहाँ पाइन्छ सुकुमेल ?
यो खासगरी भारत, नेपाल र भुटानको प्रमुख मसला मानिन्छ । भारत, चीन, भुटान, भियतनाम, मलेसिया, कोरिया र जापानका उष्ण क्षेत्रमा पाइन्छ । यसलाई मसलाको रानी भनिन्छ, जो मुल्यका हिसाबले तेस्रो महंगो मसला मानिन्छ ।

१ सय ग्राम सुकुमेलमा इनर्जी ३ सय क्यालोरी, कार्बोहाइड्रेट छ८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शुन्य हुन्छ ।

यो भिटामिन र सुक्ष्मपोषक तत्वले भरपुर हुन्छ । यसमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ ।

यसका फाइदा
कोलोरेक्टल क्यान्सर रोकथाम गर्छ
मुटुको रक्षा गर्छ
डिप्रेसन हटाउन सहयोग गर्छ
ग्यास्ट्रोइन्टेस्टाइनल रोग रोकथाम गर्छ
एन्टीमाइक्रोबियल तत्व पाइन्छ ।
पीडानाशक तत्व पाइन्छ
दाँतको समस्या समाधान गर्छ
दमको समस्या समाधान गर्छ
रक्तसन्चार सुधार गर्छ
घाँटी सुकेको र बान्तामा उपयोगी हुन्छ ।
पिसाबसम्बन्धी समस्या समाधान गर्छ
श्वासको दुर्गन्ध हटाउँछ

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares