Wednesday, September 23, 2020

यसरी पिछडियो रसुवा बिद्युतमा : विद्युत्को सेवा लिन अझै ४० प्रतिशत बाँकी

रसुवा, ९ असार ।

हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् ।
गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा २१औँ शताब्दीका नागरिक अझै पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
भूकम्पपछि अद्यावधिक तथ्याङ्कले रसुवा जिल्लाको धुरी सङ्ख्या ११ हजारको हाराहारीमा देखाए पनि नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले घरघरमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या ६ हजार ६७३ रहेको बताउँदै प्राधिकरण रसुवा शाखा प्रमुख सोभितबहादुर क्षेत्रीले लाङटाङ र तिरुबाहेक अन्य क्षेत्रमा विद्युत् लाइन जडानको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । विद्युत् मिटर माग गर्ने ग्राहकलाई तुरुन्तै जडान गर्दैआएको प्राधिकरणले जनाएको छ । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •