Warning: include_once(): open_basedir restriction in effect. File(/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php) is not within the allowed path(s): (/home2/biswasne/:/tmp:/var/tmp:/opt/alt/php73/usr/share/pear/:/dev/urandom:/usr/local/lib/php/:/usr/local/php73/lib/php/) in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: Operation not permitted in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/alt/php74/usr/share/pear') in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22
म्याग्दी भ्रमण वर्षको तयारी | Biswas News
Tuesday, May 11, 2021

Warning: A non-numeric value encountered in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/td-cloud-library/state/single/tdb_state_single.php on line 785

म्याग्दी भ्रमण वर्षको तयारी

बेनी, म्याग्दी २३ चैत – नयाँ वर्ष २०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रुपमा मनाउन जिल्ला उद्योग वाणिज्य संघले तयारी गरेको छ ।

पर्यटकीय सम्भावना भएको जिल्लामा पर्यटकीयस्थलको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गर्न लागिएको हो ।

आयोजनाका लागि संघको संयोजकत्वमा बेनी नगरपालिका लगायत पाँचवटै गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड र म्याग्दी विकास मञ्चलाई समेटेर म्याग्दी भ्रमण वर्ष २०७५ मूल समारोह समिति गठन गरिएको छ । भ्रमण वर्ष मनाउन करिब रु ४० लाख लाग्ने अनुमान छ ।

त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यको संयोजकत्वमा सूचना केन्द्र स्थापना तथा व्यवस्थापन उपसमिति, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, बेलवहादुर कटुवालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, अमित बानियाँको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र लिलानाथ गौतमको संयोजकत्वमा प्रकाशन उपसमिति गठन गरिएको छ ।

म्याग्दीमा धौलागिरि हिमाल संसारकै गहिरो गल्छी, आकर्षक रुप्से झरना, घोडेपानी, गुरिल्ला पदमार्ग, धौलागिरि राउन्ड पदमार्ग, गुर्जा पदमार्ग, धौलागिरि सेन्चुरी पदमार्ग, खयरबराह जस्ता पर्यटकका लागि आकर्षक पदमार्ग र नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनलगायत सम्पदा छन् ।रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •