विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बागलुङ, १७ कात्तिक  जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् ।

facebook boost

दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान् ध्रुव शर्मा घाइते भएको स्थानीयले जनाएका छन् । मोटरसाइकल करीब १०० मिटर तल बडीगाड खोलामा खसेको थियो ।

बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा तुरतुरे पहाड पहिरो जाँदा बडीगाड खोला थुनिएर बनेकोे ताल अवलोकन गर्न गएको बताइएको छ । घाइते ध्र्रुव शर्मालाई एम्बुलेन्सबाट उपचारार्थ मिसन अस्पताल पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।रासस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...