विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मेसीको हात भाँच्चियो, अब कति समय खेल्न सक्दैनन् ?

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

स्पेनीस क्लब बार्सिलोनाका अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीको दाहिने हात भाँच्चिएको छ।

बार्सिलोनाका कप्तानसमेत रहेका मेसीको गएराति  भएको सेभियाबिरूद्धको खेल घाइते भएका थिए।

खेलको २६औं मिनेटमा सेभिल्लाका फ्रान्को भाज्केज र मेसी बलको लागि जुध्दा लडेका थिए। त्यसपछि स्वास्थ्य परीक्षण गर्दा उनको दाहिने हातको हड्डी भाँच्चिएको हो।

facebook boost

यस कारण अब करिब तीन साता उनी फुटबल मैदानबाट बाहिरै हुने भएका छन्।

आवश्यक आराम गर्नुपर्ने भएकाले उनले इन्टर मिलान, रियल म्याड्रिड, कल्चरल लियोनेसा, रायो भ्यालेकानो र बेटिस विरुद्धको खेल गुमाउने भएका हुन्।

बार्सिलोनाका व्यवस्थापक अर्नेस्टो भ्याल्भर्डले मेसीको अनुपस्थितिले टोलीलाई नोक्सान गर्ने भए पनि बार्सिलोनामा राम्रा खेलाडी अरू पनि भएकाले खेलमा कुनै असर नपर्ने बताए।


  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares
प्रतिक्रिया
Loading...