विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको समाचार आजको राजधानी दैनिकमा छ ।

उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।

धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविदले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ ।

शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time