मिस अरोमा चितवनको उपाधी प्रियालाई

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares


चितवन, २९ फागुन
मिस अरोमा चितवन–२०१७’ को उपाधी प्रिया शर्माले हात पार्नुभएको छ । शनिबार भरतपुर स्थित क्यान्सर अस्पतालको हलमा भएको फाईनल प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगि नम्बर ५ की प्रियाले मिस अरोमा चितवनको ताज जित्नुभएको हो । विजेता प्रियालाई ‘मिस अरोमा चितवन–२०१३’ की विजेता इशा प्रधानले ताज हस्तान्तरण गर्नुभएको थियो । उपाधीसँगै प्रियाले नगद रु ५० हजार रुपैयाँ पुरस्कार समेत पाउनुभएको छ । त्यस्तै उहाँले मिस डिसिप्लिनको अवार्ड समेत जित्नुभएको थियो ।
यसैगरि प्रतियोगितामा फष्ट रनरअप दिक्षा लामा र सेकेण्ड रनरअप अनुसा श्रेष्ठ हुनुभएको थियो । साथै, मिस बेस्ट फिगर र मिस फोटो जेनिकको अवार्ड सन्ध्या महर्जन, मिस बेस्ट वाकको अवार्ड अनिसा श्रेष्ठ, मिस पर्सनालिटिको अवार्ड प्रिया कँडेल, मिस कन्फिडेन्टको अवार्ड अमिसा श्रेष्ठ, मिस कन्जीनालिटिको अवार्ड सुमित्रा गुरुङ, मिस ट्लेन्टको अवार्ड मोनिका काइराला, मिस ब्युटि विथ पर्पोजको अवार्ड मोना सापकोटा, मिस मल्टिमिडियाको अवार्ड सन्दिपा थापा र मिस अर्गानाइजर्स चोइसको अवार्ड मनिसा गुरुङले पाउनुभएको थियो । मञ्जरी गृपले गरेको सो प्रतियोगितामा कँडेल कन्सल्टेन्सीले टाइल स्पोन्सर गरेको मञजरी गुपका अध्यक्ष विसाल एच आलेले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment