मिक्लाजुङ खुल्ला दिसामुक्त घोषणा

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

उर्लाबारी, मोरङ, १८ जेठ – मोरङको मिक्लाजुङ गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाको प्रांगणमा बिहीबार आयोजित एक भव्य कार्यक्रमका बीच जिल्ला समन्वय समिति, मोरङका प्रमुख नरेश पोखरेलले गाउँपालिकालाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त भएको घोषणा गर्नुभएको हो ।

मिक्लाजुङ गाउँपालिकाको साविकका रमितेखोला, जाँते र मधुमल्ला गाबिस यसअघि नै खुला दिसामुक्त भइसकेका र साविक टाँडी गाविसलाई मात्र घोषणा गर्न बाँकी रहेको थियो । साविक टाँडी गाविस तथा हालको मिक्लाजुङ वडा नं २, ३ र ४ का ६५ घरधुरीमा शौचालय निर्माण गरेसँगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा जिसस प्रमुख पोखरेलले सबैले चर्पीमै दिसापिसाब गर्ने बानी बसाई गाउँलाई स्वच्छ, सफा, सुन्दर गाउँ, टोल बनाउन आग्रह गर्नुभयो । उहाँले खुला दिसामुक्त घोषणालाई प्रभावकारी बनाउन गाउँपालिकाको सार्वजनिक स्थान, बसपार्क, विद्यालयमा पनि शौचालय निर्माण गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा मिक्लाजुङ गाउँपालिकाले ६० वर्ष उमेर कटेका चारजना महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ गरेको छ । महिला स्वास्थ्य स्वयंसेविका विनाश्वरी राई, गायत्रा सञ्जेल, तिलकुमारी आचार्य र लक्ष्मी दाहाललाई जनही रु ५० हजार नगदसहित बिदाइ गरिएको हो ।

गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खुला दिसामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका घोषणाका लागि सहयोग पु¥याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment