Thursday, September 24, 2020

माछाको जस्तो पखेटा भएका यी हुन् वास्तविक जीवनका जलपरी

यो धर्तिमा सबैभन्दा भाग्यमानी प्राणी मानिसलाई नै मानिन्छ । त के, कोही मानिस आफ्नो रुपलाई बदलेर माछाको रुप धारण गर्न चाहन्छ होला रु अमेरिकामा केही मानिसहरु यस्तै लफडामा लागेका छन् । अमेरिकी महिलाहरुको एउटा समुह वास्तविक जीवनको जलपरी बन्नेतर्फ अग्रसर भइरहेको छ । यो समुहका सदस्यहरु ३ हजार ५ सय डलर खर्च गरेर आफूलाई जलपरी बनाउन लागिपरेका छन् । जलपरी बन्नकालागि आफ्नो शरीरमा सिलिकनको पुच्छर जडान गर्न उनीहरुले यति रकम खर्च गरेका हुन् । यो समुह वास्तवमै धरतिमा आफ्नो जीवन त्यागेर स्थाईरुपमै समुद्री जीवन बाँच्नका लागि मरिमेटिरेको छ ।
गत वर्ष नर्थ क्यारोलिनामा संसारभरका १०० व्यक्तिहरु जलपरी महोत्सवमा सहभागी भए । उनीहरु सबैले माछाको जस्तै पखेटा र पुच्छर आफ्नो शरीरमा जडान गरेका थिए । उनीहरुले ओलम्पिक पुलमा घन्टौं समय बिताए । उक्त महोत्सवकी एक सहभागी ३२ वषिर्या क्याटलिन निल्सन आफूलाई आधि मानिस र आधि माछा भन्न रुचाउँछिन् । डिज्नी मुभी हेरेपछि उनलाई जनपरी बन्ने अभिलाषा पैदा भएको थियो । अर्की जलपरी एड ब्राउन भन्छिन्, ‘जब म पुच्छर लगाएर पानीमुनी पस्छु, त्यतिबेला सबै जादुमय लाग्छ ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •