Wednesday, September 23, 2020

महिला हराउँदा परिवारजन चिन्तित

दमौली, ८ असार ।

चार महिनादेखि एकाएक बेपत्ता भएकी व्यास नगरपालिका–१ गल्वुवेसीकी ३५ वर्षीया नानुमाया गैह्रे अझै फेला परेकी छैनन् ।
गत फागुन ८ गतेदेखि नानुमाया एकाएक बेपत्ता भएकी थिइन् । १० वर्षीया छोरी रश्मी दवाडीलाई दिदी सूचना गैह्रेको जिम्मा लगाएर गैह्रे बेपत्ता भएकी हुन् । गैह्रे लामो समयदेखि फेला पर्न नसक्दा घरपरिवार चिन्तित रहेको बताइएको छ ।
उनको लेडिज ब्याग व्यास नगरपालिका र साबिक क्यामिन गाविसको सिमानामा पर्ने कलेस्ती खोला नजिकैको झाडीमा त्यतिबेलै फेला परेपनि उनी भने फेला परेकी छैनन् ।
छोरीको खोजी गरी पाऊँ भनी नानुमायाका बाबु विद्याबहादुर गैह्रेले प्रहरीमा हुलिया सहितको निवेदन दिएका छन् । दुबईमा रोजगारी गर्दै आएका उनका श्रीमान् पदम दवाडी श्रीमती हराएको खबर पाउनासाथ दमौली आइपुगेर अहोरात्र खोजी गरे तर पाउन सकेनन् । उनी पनि निराश भएर फर्के ।
बंैकमा रहेको लाखौँ नगद तथा गरगहनासमेत लिएर नानुमाया फरार भएको उनका श्रीमान् पदमले बताए । उनी भारततर्फ पलायन भएको अनुमान गर्न थालिएको छ । उनी गायब भएसँगै गल्वुबेसी नजिकैका एक युवकसमेत गायब भएको स्रोतको भनाइ छ ।
नानुमायाको खोजी कार्य तीव्र भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सबै कोणबाट खोज्ने काम भइरहेको प्रहरी स्रोतले जनायो । देशभरिका नाकामा हुलियासहित फोटो सर्कुलर गरी खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •