विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

महानगरपालिकाकाे भाडभैलाे स्थिती । थाहा छैन कुनै तिथिमिति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तराष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ ।

तर यसको विस्तृत अभिलेख काठमाडौं महानगरपालिकासँग छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको अभिलेख छ भने, १० वटा संस्थासँग भएको सम्बन्ध बारेको कागजात हराइरहेको छ ।

पहिलोपटक यस्तो सम्बन्ध स्थापना गर्ने अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमितिसमेत काठमाडौं महानगरपालिकासँग छैन ।

समाचारमा लेखिएको छ, यसबारे महानगरपालिका अन्तराष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time