Tuesday, July 7, 2020

मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथी रड प्रहार

भक्तपुर, ८ वैशाख – मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले आज सांघातिक आक्रमण गरेका छन् ।

साँझ करिब ६ बजे उहाँको निवास अगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

आक्रमणपछि घाइते हुनुभएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।

आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुक्नुभएको थियो । त्यसपछि आक्रमणकारीले प्रमूख श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड गरेर पूर्र्णरुपमा क्षति पु¥याएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •