विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मतदाता भन्छन् : ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामपुर (पाल्पा), २९ जेठ ।

आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् ।
राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् ।
बजार, चोक, चौतारीलगायत विभिन्न स्थानमा दिनहुँजसो मतदाता आफैँ नै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्न अपिल गरिरहेका छन् ।
यसभन्दा अगाडिका निर्वाचनमा दलको दबाबमा परेर मतदान गरेर विजयी भएका नेतृत्वकर्ताले गाउँको विकासमा वास्ता नगरेका कारण यस पटक भने मतदाता आफैँ विकासशील, सक्षम र गाउँका समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा छन् ।
सत्तामा बस्नका लागि सधैँ चुनावी समयका बेला गाउँ पस्ने नेता, कार्यकर्तालाई रामपुरका मतदाताले यस पटक गाउँ नफर्कन पनि आग्रह गरेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ ।
यसभन्दा अगाडि दलियगत हिसाबले मतदान गरियो, यस पटक व्यक्ति विशेष हेरेर मात्र मतदान गर्ने सोचमा रहेको रामपुरका मतदाता सरस्वती सोमै बताउनुहुन्छ ।
“पहिला पहिला पार्टीगत रुपमा मतदान गरौँ भनेर पार्टीको झन्डा बोकेर हिँडियो, अब पार्टीका झन्डा बोकेर होइन, सक्षम उम्मेदवार खोजी खोजी मतदान गर्ने अभियानमा जुटेका छौँ” उहाँले भन्नुभयो ।
चुनावको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरु पार्टीका झन्डा बोकेर कार्यकर्तासहित गाउँगाउँमा चुनावी माहोलमा छन् त कोही सक्षम र योग्य राम्रा व्यक्तिलाई मतदान गर्ने तरिकाबारे मतपत्र बोकेर गाउँगाउँमा पुगेका छन् । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time