Friday, September 25, 2020

मकवानपुरका जनप्रतिनिधि भन्छन्, समाजमा हुने अपराध न्युनिकरण गछौँ !

हेटौडा (मकवानपुर) ३० जेठ ।
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालीका र ईन्द्र शरोबरका नब निर्बाचित जनप्रतिनीधिहरुले समाजमा हुने अपराध न्युनिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । सामुदायीक सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त आयोजनामा आज भएको स्वागत तथा सम्मान कार्यक्रम र अपराध न्युनिकरण बिषयक अन्र्तकृया कार्यक्रममा उनिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । सामुदायीक सेवा केन्द्र मकवानपुरको टोलीले आज सोहि स्थानमा गई स्वागत तथा सम्मान गरेको हो । मकवानपुरको उत्तरी थाहा नगरपालीका र ईन्द्र शरोवर गाउँपालीकामा आयोजना गरीएको कार्यक्रममा उनिहरुले समाजमा हुने अपराध निकै बढदै गएको र अपराध न्युनिकरणमा नब निर्बाचितहरुको ठुलो भुमिका हुने भएकाले यस तर्फ ध्यान दिएर लाग्ने बताए । सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालीकाका नब निर्बाचित प्रमुख लब शेर बिष्ट, उप प्रमुख खड्ग गोपाली, ईन्द्र शरोबर गाउँपालीकाका प्रमुख जिवन लामा, उप प्रमुख उमा लामा, लगायत सम्पुर्ण वडा अध्यक्ष र सदस्यहरुलाई स्वागत तथा सम्मान गरीएको हो । कार्यक्रममा सामुदायीक सेवा केन्द्र मकवानपुरका संस्थापक अध्यक्ष राम चन्द्र अर्याल, निर्बतमान अध्यक्ष कुमार पौडेल, संस्थापक सचिव श्याम खतिवडा, सामुदायीक सेवा केन्द्र दामन पालुङका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक बिरेन्द्र पाशवान लगाएतकाको सहभागीता रहेको थियो । अपराध न्युनिकरणका लागी यस्ता खाले कार्यक्रम अन्य गाउँपालीकाहरुमा समेत आयोजना गर्ने सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टले बताउनुभयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •