Saturday, August 15, 2020

भ्रष्टाचारीलाई ‘रेड कार्ड’ देखाउन गएका विवेकशील नेपालीका नेताहरू पक्राउ

२५ माघ । भ्रष्टाचारीलाई ‘रेड कार्ड’ देखाउन गएका विवेकशील नेपाली दलका नेताहरू पक्राउ परेका छन् । बहुचर्चित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लगाउने तथा नलगाउने सम्बन्धमा पक्षधरता देखाएको भन्दै ध्यानाकर्षण गराउन वालुवाटारस्थित ललिता निवास अगाडि प्रदर्शन गर्न गएका विवेकशील नेपाली दलका ११ जना नेताहरु पक्राउ परेका हुन् ।

प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेताहरू अनि सदस्यहरुलाई प्रहरीले नियन्त्रण लिएको विवेकशील नेपाली दलको सङ्घीय उपाध्यक्ष अजीता राईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । दलले जारी गरेको विज्ञप्तिमा ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गरेको निर्णय स्वागतयोग्य रहेको बताउँदै पक्षधरता देखिएर मुद्दा चलाउने तथा नचलाउने निर्णय भएको हुँदा सो को ध्यानाकर्षण गर्न विवेकशील दलका नेता तथा कार्यकर्ताहरु त्यहाँ पुगेर प्रदर्शन गरिएको उल्लेख छ ।

जारी विज्ञप्तिमा उसले आफ्ना नियन्त्रणमा लिइएका नेताहरुको तत्काल रिहाई गर्न माग गरेको छ । नियन्त्रणमा लिइएकाहरुमा स्थानिय निर्वाचनमा काठमाडौँ महानगरपालिकाकी उम्मेदवार रन्जु दर्शना न्यौपाने लगायत ११ जना रहेको विज्ञप्तिमा जनाइएको छ । नियन्त्रणमा हुनेहरुमा  संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, , शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई, र रजिया बानु रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •