Saturday, September 19, 2020

भ्रमण बर्षको प्रवर्द्धन गर्न विदेशी पर्यटनमन्त्री र पाहुनाहरु नेपालमा ‍‌

१६ पुस, काठमाडौं । २० लाख पर्यटक भित्र्याई नेपालमा पर्यटन र रोजगारीको सम्भावनाको थालनी गर्नका लागी घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन समारोहको तयारी पुरा भएको छ । उद्घाटन समारोहमा भाग लिन विभिन्न देशका पर्यटन मन्त्री तथा सहायक मन्त्रीहरुको गत पुष १५ गते नै आगमन भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा भाग लिन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आइपुगेका छन् । उनिहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मंगलबार होटल सोल्टिमा स्वागत गरेका थिए ।  यो सँगै भ्रमण बर्षको औपचारिक कार्यक्रमको तयारी पनि पुरा भएको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ । भ्रमण वर्षको उद्घाटनलाई भब्य बनाउने योजना भ्रमण वर्ष सचिवालयले गरिरहेको छ ।

भ्रमण वर्षको औपचारिक उद्घाटन आज बुधवार दशरथ रंगशालामा हुँदैछ । यस्तै भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौं आइपुगेका छन् ।

भ्रमण वर्षको उदघाटन कार्यक्रमका लागि  दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरु नेपाल आएका भ्रमण बर्ष सचिवालयले जानकारी प्राप्त भएको छ ।

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares