Monday, September 28, 2020

भूकम्पपीडितको जस्तापाता तीन वर्षदेखि चौरमै अलपत्र

वीरगन्ज – राज्य र मातहतका निकायको लापरबाहीका कारण भूकम्पले क्षति पुर्याएका विद्यालयका लागि आएको जस्तापाता पर्साको एक खुला चौरमा तीन वर्षदेखि अलपत्र परेको छ । आजको राजधानीमा समाचार छापिएको छ ।

नेपाल खाद्य संस्थानको खुला चौरमा विद्यालयका लागि भनेर आएको जस्तापाता खिया लागेर सड्न थालेकोे छ । खुला चौर र वर्षामा चुर्लुम्म पानीमा डुब्ने तथा बाँकी समयमा घामले गर्दा असरल्ल राखिएको जस्तापाता खिया लागेर सड्न थालेको हो ।

२०७२ भदौमा वीरगन्जस्थित सुक्खा बन्दरगाह हुँदै आइपुगेको जस्तापाता साल्ट ट्रेडिङ कर्पोरेसनले केही समयका लागि राख्न भनी नेपाल खाद्य संस्थान वीरगन्ज शाखाको खुला ठाउँ प्रयोग गरेको खाद्य संस्थान वीरगन्ज शाखाका निमित्त प्रमुख अम्बिकाप्रसाद घिमिरेले बताए ।

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares