भीरबाट लडेर प्रहरीको मृत्यु

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

नुवाकोट,  २६ जेठ ।

सशस्त्र प्रहरीका प्राविधिक हवल्दार कमल बानियाँको विदुर नगरपालिका–२ काफलडाँडास्थित भीरबाट लडेर शुक्रबार मृत्यु भएको छ ।दोलखाको साविक जुगु गाविस–३ घर भएर गुह्येश्वरी गण, भक्तपुरमा कार्यरत् ३५ वर्षका बानियाँ साथीको घरमा आएर फर्कनेक्रममा भीरबाट लडेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । गणबाट बिदामा विदुर नगरपालिका–२ स्थित सहकर्मी रामलाल श्रेष्ठको घरमा बिहीबार आएका बानियाँ शुक्रबार कार्यालय फर्कनेक्रममा काफलडाँडामा भीरबाट लडेर ८० फिट तल पुग्दा घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment