विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भारतीय विदेशमन्त्री दुई दिने भ्रमणको लागि बिहीवार नेपाल आउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं १६ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज बिहीवार आफ्नो दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएकी छिन् । नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने परिस्थिति सिर्जना भइरहेका बेला स्वराज दुई दिने भ्रमणमा नेपाल आउन लागेकी हुन् ।

भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको जनाएको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ ।

भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । भारतीय विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ ।

माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...