Saturday, September 19, 2020

भवन पुनःनिर्माण गर्न सहयोग

म्याग्दी, २९ जेठ ।

गत फागुन २५ गते साँझ विद्युत् सर्ट भई आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीले करिब रु साढे दुई लाख सहयोग गरेका छन् ।
प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीको सक्रियतामा रु दुई लाख ४२ हजार सहयोग प्राप्त भएको हो । मोना पोर्चुगलको पहलमा सङ्कलित रु ८० हजार ३८० आइतबार मोनाका संरक्षक सुवासकुमार श्रेष्ठमार्फत विद्यालय व्यवस्थापन समितिका सदस्य सुमन बानियाँ र शिक्षक रामप्रसाद शर्मालाई हस्तान्तरण गरिएको छ ।
यसअघि पोर्चुगलमा रहेका विद्यालयका पूर्व विद्यार्थी लिलाधर पौडेल र राखुका वकिल केसीको पहलमा रु एक लाख ६२ हजारसहयोग प्राप्त भएको थियो । सो विद्यालयको भवन पुनःनिर्माणका लागि हालसम्म स्थानीय बासिन्दा, प्रवासी संस्था, व्यक्ति र पूर्व विद्यार्थीबाट रु १८ लाख ३९ हजार १८६ जुटेको शिक्षक शर्माले जानकारी दिनुभयो । दक्षिण कोरियाबाट रु छ लाख ६९ हजार २००, अस्टेलियाबाट रु दुई लाख ५० हजार प्राप्त भएको छ ।
भवन पुनःनिर्माणका लागि विद्यालयले रु २२ लाखमा जग्गा खरिद गरिसकेको छ । आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएको छ । १७४ जना बालबालिकाले अध्ययन गर्ने सो विद्यालयको पाँच वटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४, ५, ६, ७ र ८ का १०० भन्दा बढी विद्यार्थीलाई त्रिपालले छाएको, जस्ताले बारेको टहरामा राखेर पढाउने गरिएको छ ।
आगलागी हुँदा सो विद्यालयको १० कोठे भवन जलेर ध्वस्त भएको थियो । विद्यालयको प्रशासन, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठा रहेको भवनमा आगलागी हँुदा रु ९२ लाख बराबरको क्षति पुगेको थियो । भवन पुनःनिर्माणका लागि जिल्ला शिक्षा कार्यालय र बेनी नगरपालिका कार्यालयसँग सहयोगको अपेक्षा राखेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •