भरतपुर १९, पुन मतदान कि मतगणना ??? अदालत र अयोगमै अन्योलता, सुनुवाइ फेरी स¥यो

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

भरतपुर चितवन, ३१ जेठ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ फेरि सरेको छ । २८ गते हेर्ने पेसी हेर्न नभ्याएपछी ३० गते सारिएको थियो । ३० गतेपनी कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले ‘हेर्न नभ्याइपछी परेको रिटको सुनुवाई हुन सकेन । २३ जेठको पहिलो पेसीमा अदालतले २८ जेठमा लिखित बहस नोट माग गरेको थियो । २८ जेठमा पनि सुनुवाइ नभएपछि ३० जेठका लागि सुनुवाइ सरेको थियो । तर, ३० गतेपनी सुनुवाई नहुदा सो मुद्धा अन्योलमा परेको छ । भरतपुर वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्नेबारे अदालतको निर्णयको प्रतीक्षामा रहेका मतदाता मतदान वा गणनाबारे तत्कालै निर्णय आउनुपर्ने चाहना राखिरहेका छन् । अदालतमा परेको रिटको पेसी सुरुमा १८ नम्बरमा भए पनि २९ जेठमा १७ नम्बरमा चढेको थियो । मंगलबारको कुल ४२ पेसीमध्ये २ वटा फैसला, १२ वटा आदेश र एउटा हेर्न नमिल्ने भनी उल्लेख छ । अदालतको मुद्दा फैसला आदेश प्रक्रियाअनुसार १० नम्बरभित्र पेसी परे मात्रै छिटै निर्णय आउन सक्छ । निर्वाचन आयोगले २० जेठमा भरतपुर नगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णय खारेजीको मागसहित वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएको मत बदर गरी बाँकी मतपत्र गणना गर्न माग गर्दै रिट दायर गरेका थिए । गत आइतबार सर्वोच्चले न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा तोकेको बेन्च ८ नम्बर इजलासको क्रम संख्या मा राखेकाले मुद्दा पेसी नै नचढी समय सकिएको थियो । यसअघि न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा २८ जेठसम्मका लागि निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time