Saturday, October 31, 2020

भदौ तेस्रो साता फर्निचर तथा फर्निसिङ एक्स्पो हुने

काठमाण्डौँ, २४ असार । आगामी भदौ १४ गते देखी फर्नेक्स फर्निचर तथा फर्निसिङ एक्स्पो काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । बढ्दो आधुनिक जिवनशैली सँगै बढ्दै गएको इन्टेरीयर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकले जनाएको छ । प्रदशनिमा अफिस फर्निचर, किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइन, कार्पेट मार्बल आदि प्रदर्शनिका मुख्य आर्कषण रहने छ ।

प्रदर्शनिमा फर्निचरको प्रदर्शनि मात्र नगरी यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि जानकारी दिइनेछ ।साथै फर्निसिङ व्यवसायमा आधुकि प्रविधि भित्तयाउदै फर्निचर जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने एक्स्पोले टेवा पु्याउने अपेक्षा गरिएको छ । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचर उत्पादन बारे जानकारी लिन सेवाग्राहिलाई एक्पो उचित गन्तव्य हुने नेपाल फर्निचर तथा फिनिसिङ संघका अध्यक्ष राजेश अग्रवालले बताए ।

भदौको १४ गते देखी १८ गते सम्म ५ दिन चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढि र्फनिचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्धन गर्ने उदेश्यले सन् २०१२ देखी एक्स्पोको आयोजना हुदै आएको छ ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares