विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

बिहीबारदेखि ७ औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन । काठमाडौंको भृकुटीमण्डपमा आज देखि ७ औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपालमा अनुकुल वातावरण बनेको बताए । उनले देशमा औधोगीकरण र आधुनीकीकरण जरुरी रहेको भन्दै अहिलेको सरकार देश र जनताप्रति उत्तरदायि भएर काम गर्ने बताए । निजी क्षेत्रलाई उचित संरक्षण र प्रोत्साहन गर्नका लागि सरकार अवश्यक सहकार्य गर्न तयार रहेको पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।

कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निर्यात प्रवद्धन नै सरकारको प्रमुख एजेन्डा रहेको बताए । यस्ता मेलाले नेपालको निर्यातजन्य बस्तुको क्षमता बारे जानकारी दिने पनि उनले बताए । त्यस्तै उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आर्थिक समृद्धिको अभियान देशको राष्टिय अभियान भएकाले यस अभियानमा साथ दिन सबैसँग आग्रह गरे ।

नेपालको अर्थतन्त्र छाता जस्तो नभइ पिरामिड आकारमा हुनुपर्ने भन्दै उनले सबैले आ–आफ्नो क्षेत्रबाट आफुलाई रुपान्तरण गरी देश र जनता प्रती सर्मपित हुन पनि मन्त्री यादवले सुझाए । महासंघले हरेक वर्ष ८ मा यस्तो मेला आयोजना गर्ने गरेको छ ।

फागुन २८ गते सम्म चल्ने मेलामा नेपाल सहित चीन, भारत, बंलादेश, पाकिस्तान लगायतका मुलुकका विभिन्न उत्पादनको तीन सय स्टल रहेको छ । मेला अवधीभर स्वदेशी एवं विदेश दुई लाखले अवलोकन गर्ने आयोजकले जनाइएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...