बिद्युत ब्यवसायीहरुको भेटघाट कार्यक्रम सम्पन्न

0 Shares

सुजन प्रेमी
रत्ननगर(चितवन) १७ माघ
पुर्वी चितवनको रत्ननगर स्थित सौराहाचोकमा रहेको भट्टराई ईलेक्ट्रिक एण्ड लाईट तथा सोलार हाउसद्धारा आयोजित बिद्युत ब्यवसायीहरुको  भेटघाट कार्यक्रम  सम्पन्न भएको छ । पुर्वी चितवनको टाडीस्थित  हंस मनोरञ्जन केन्द्रमा भएको कार्यक्रममा बिद्युत ब्यवसायी संघ चितवनका सहसचिव बिष्णु चालिसे, सदस्य किशोर भट्टराई,एबी सप्लायर्सका पो्रपाईटर कृष्ण सुवेदी,अमीत ट्रडर्सका प्रोपाईटर अमित सिंह, पदमपुर लाईट हाउस, सिटिजन ईनर्जी,खरेल ईलेक्ट्रिक, भन्तना ईलेक्ट्रोनिक्स नमस्ते ट्रेडिङ लगाएत बिभिन्न ईलेक्ट्रिक र बिद्युत संग सम्बन्धीत ब्यक्ती सञ्चारकर्मी ,ईलेक्ट्रिक  मिस्त्री  र ब्यवसायीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बिद्युत ब्यवसायी संघ चितवनका सहसचिव बिष्णु चालिसेले बिद्युत ब्यवसायीहरु एकजुट भएर काम गर्दा सबै ब्यवसायी तथा बिद्युतका मिस्त्रीहरुलाई समेत लाभ मिल्ने भएकाले ब्यवसायी र मिस्त्रीबिच सहकार्य हुनु जरुरी रहेको बताउनुभयो । कार्यक्रमकै  अर्का बक्ता बिद्युत ब्यवसायी संघ चितवनका सदस्य तथा भट्टराई इलेक्ट्रिकका प्रोपाईटर किशोर भट्टराईले ग्राहक, बिद्युत ब्यवसायी र बिद्युत मिस्त्रीहरुबिच सहकार्य र एकरुपता हुनुपर्ने बताउनुभयो । उहाँले   पैसाको अभावमा कसैले ब्यवसायबाट बन्चित हुन नपरोस भनेर बिद्युत ब्यबसायीकै हकहितका लागी   सहकारीको अवधारणा ल्याईएको जानकारी गराउनुभयो । कार्यक्रमका अन्य बक्ताहरुले आफुले ज्यान जोखीम मोलेर ग्राहकलाई उज्याले दिने गरेको  बताएका थिए । यस्तै कार्यक्रममा आयोजक भट्टराई ईलेक्ट्रिक एण्ड लाईट तथा सोलार हाउसद्धारा मिस्त्रीहरुलाई मायाको चिनो स्वरुप टिसर्ट ,झोला, ईलेक्ट्रिक तथा बिद्युत मर्मत र जडान सामग्री  बितरण गरिएको थियो । आफुले सम्पुर्ण ब्यवसायीहरुसंग भेटघाट छलफल र अन्तरक्रिया गर्न पाउदा खुसी लागेको  र आगामी दिनमा पनी यस्ता कार्यक्रको आयोजना गरिने आयोजक भट्टराई ईलेक्ट्रिक एण्ड लाईट तथा सोलार हाउसका प्रोपाईटर ईश्वर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time