विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

फ्रान्सद्वारा अष्ट्रेलिया २–१ ले पराजीत

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काजन, रूस, २ असार- विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ ।

काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अवसरलाई सिधै गोल गर्नुभएको थियो । खेलको पहिलो हाफमा बराबरी रहेको अष्ट्रेलियालाई दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकडमा लिन सफल भएको थियो ।

फ्रान्स विश्वकप फुटबलमा यस वर्षमात्र प्रयोगमा ल्याइएको भिएआर प्रणालीको माध्यमबाट आफ्नो पोल्टामा निर्णय पार्ने भाग्यमानी पहिलो टोली भएको छ ।

फ्रान्सले गोल गरेको चार मिनेटभित्रै ६२ औँ मिनेटमा अष्ट्रेलियालाई मिलेको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै माइल जेदिनाकले खेललाई बराबरीमा सीमित गराउनुभयो ।

तर खेलको अन्तिम समयतिर ८१ औँ मिनेटमा फ्रान्सका पाउल पोग्वाले गोलका लागि पाएको सुन्दर अवसरलाई सदुपयोग गरेपछि अष्ट्रेलियाका लागि खेलमा निकै प्रेसर परेको थियो ।

दुवै समूहले निकै प्रतिस्पर्धात्मक रूपमा आफूलाई प्रस्तुत गर्दा खेल निकै उत्साहजनक रहेको थियो । तर खेलमा पोग्वाको दोस्रो गोल नै फ्रान्सको विजयका लागि निर्णायक भएको थियो ।

शनिबारको दोस्रो खेल अजेन्टिना विरुद्ध आइसल्याण्ड र तेस्रो खेल पेरू र डेनमार्कबीच हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time