विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

फेसबुकमा डिजिटल मुद्राकाे विज्ञापनमा रोक (के के गर्न पाइदैन हेर्नुहाेस्)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ  २० माघ।  सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा ‘बिटक्वाइन’ जस्ता भर्चुअल मुद्राको विज्ञापनमा रोक लगाइएको छ ।

फेसबुकले कुनै पनि प्रकारको डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी), इनिसियल क्वाइन अफरिङ्स र बाइनरी अप्सन्सको ट्रेडिङको विज्ञापनलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएको हो ।
साथै कम्पनीको अन्य एप्सजस्तै म्यासेन्जर, अडियन्स नेटवर्क तथा इन्स्टाग्राममा पनि डिजिटल मुद्राबारे कुनै प्रकारको विज्ञापन गर्न नपाइने भएको छ ।
फेसबुकले नयाँ नीतिअन्तर्गत वित्तीय उत्पादन तथा सेवाहरूको भ्रामक जानकारी दिएको भन्दै यी डिजिटल मुद्रामा रोक लगाएको जनाएको हो । कम्पनीका प्रोडक्ट म्यानेज्मेन्ट डाइरेक्टर रोब लेदर्नले भने, ‘कयौं कम्पनीहरू यस्ता छन्, जसले बानइनरी अप्सन्स या क्रिप्टोकरेन्सीको भ्रामक विज्ञापन गरिहेको छ ।’ कम्पनीले यस्ता कन्टेन्टसबारेमा रिपोर्ट गर्न आफ्ना प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । कम्पनीको विज्ञापन नीतिविरुद्ध कुनै पनि काम नगर्न सम्बन्धित सबैमा फेसबुकले आग्रहसमेत गरेको छ ।
विभिन्न मुलुकमा डिजिटल मुद्रामाथि प्रतिबन्धका बाबजुद बजारमा लोकप्रियता हासिल गर्दै आएको छ । खासगरी ‘बिटक्वाइन’ अन्य डिजिटल मुद्राको तुलनामा निकै माथि उक्लेको छ । पछिल्लो महिना केही शिथिल बनेको डिजिटल मुद्राको कारोबार सामाजिक सञ्चालनमा समेत त्यसको विज्ञापनमा रोक लगाएपछि थप ओरालो लाग्ने सक्ने अड्कलबाजी केही सञ्चारमाध्यमहरूले गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...