फिफा कनफेडेरेशन कप फुटबलमा पोर्चुगल विजयी

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

रुस, ८ असार ।

रुसमा भइरहेको फिफा कनफेडेरेशन कप फुटबलमा पोर्चुगल विजयी भएको छ । अन्तर्गत बुधबार राति भएको खेलमा समूह ‘ए’ मा रहेको पोर्चुगलले आयोजक रुसलाई १–० ले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो । खेलको ८ औं मिनेटमा रोनाल्डोले हेडमार्फत सुन्दर गोल गरेका हुन् । यस्तै दोस्रो हाफको सुरुमा एन्ड्रे सिल्भाले गरेको प्रहार रुसका गोलरक्षक इगोर एकिन्फिभले सुन्दर बचाउ गरेपछि पोर्चुगल १–० ले विजयी भयो । यो प्रतियोगितामा पोर्चुगलको पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा पोर्चुगलले मेक्सिकोसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको थियो । जितपछि समूहको दुई खेलबाट चार अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time