विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रम ओली र भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँदिल्ली, २३ चैत -प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो ।रासस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...