प्रभावकारी बन्दै हनुमन्ते सरसफाई अभियान

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

सराेज खनाल

भक्तपुर ८ बैसाख – सुर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सरसफाई अभियान ८ औँ हप्ता सम्म आईपुग्दा प्रभावकारी बन्दै गएको छ ।

 

यस अघि बैसाख १ गते २०७५ साललाई हनुमन्ते सरसफाई वर्ष धोषणा गरे लगत्तै उक्त अभियानका सहभागीहरुको उपस्थिती बाक्लो देखीएको थियो ।

शनीवार विहान ७ बजे देखी ९ बजेसम्म टीकाथलीको बुढाथोकी गाँउको पुल आसपास ४०० मिटर खोला सफा गरीएको हो ।

सरसफाई अभियानका प्रमूख अतिथी कलाकार दिनेश डीसी रहनु भएको थीयो भने । एमाले नेता एवमं प्रतिनिधिसभा भक्तपूर जिल्ला क्षेत्र नं २ सदस्य महेश बस्नेत, कलाकार सुरज चापागांई(बान्द्रे) लगायतको उपस्थिती रहेको थियो ।

उक्त सरसफाई अभियानलाई सहयोग पूर्याउन भक्तपूर जिल्लाका जनपथ प्रहरीका ९० जनाको टोली, सुर्यविनायक नगरपालिकाका सशस्त्र  प्रहरीका २० जनाको टोली, युरासिया रेथूगाई नेपाल बाट १७ जना, वेब ग्रुप बाट ६ जना, फाहोर संकलन गर्ने संस्थाहरु दिब्यश्वरी फाहोरमैलाबाट १५ जना, नेप्सेमग र फूलवारी फाहोरमैलाको समेत उपस्थीती रहेको थियो ।

यसैगरी दिब्य दिप ज्याेती स्कूल लोकन्थलीबाट ४३ जना, ज्ञान विकास प्रा. वि. गठ्ठाघर र स्थानियवासीहरुको समेत उल्लेखनिय उपस्थिती रहेको थियो ।

सरसफाई अभियानमा ११ टन फोहोर संकलन भएको र ९ औं हप्ताको सरसफाई जडीबुटी मनोहरा हनुमन्ते पुल नजीक हुने बाग्मती सरसफाई एवम् निरन्तर सरसफाई अभियानका संयोजक पुस्कल गजुरेलले जानकारी दिनुभयो ।

तस्वीरमा हेर्नुहाेस्

तस्वीर : असीम खनाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment