विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रधानमन्त्री देउवा ले अाज सांझ राष्ट्रका नाममा सम्बोधन गर्दै, प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ फागुन । बुधबार प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन हुने भएको छ साथै  देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत समेत देखिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेबिन्द परियारले जानकारी दिनुभयाे।

यता नेकपा एमाले स्थायी कमिटीको बैठक आकस्मिक बसेको छ । ललितपुरको मानभवनमा रहेको शारदा अधिकारीको घरमा कमिटीको आकस्मिक बैठक बसेको हो ।

बैठकमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने विषयमा भएको सहमतिलाई पार्टी बैठकबाट नै अनुमोदन गर्नको लागि आकस्मिक बैठक डाकिएको एमालेका एक नेताले बताए।

ओलीले आफू र प्रचण्डबीच भएको सहमति पार्टीमा अनुमोदन गराउन लागेको अनुमान गरिएको छ । एमालेको बैठकअघि ओली र प्रचण्डबीच पनि सोही घरमा बैठक बसेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...