प्रधानमन्त्री कप क्रिकेटमा पुलिस ९ विकेटले बिजयी

0 Shares

काठमाडौं ११ जेठ,  ।

काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटमा पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले लगातार दोस्रो पराजय ब्यहोरेको छ ।
पहिलो खेलमा आर्मीसँग ९ विकेटले पराजित भएको पूर्वाञ्चल आजको खेलमा पनि पुलिस क्लवसँग ९ विकेटको हार व्यहोरेको छ । पूर्वाञ्चलले दिएको १०५ रनको बिजय लक्ष्य पुलिसले १७।१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । पूर्वाञ्चलले लगातार दोस्रो हार ब्यहोर्दा पुलिसले भने लगातार दोस्रो जित निकालेको छ । यसअघि हिजोको खेलमा पुलिसले सुदूरपश्चिमलाई पराजित गरेको थियो । पूर्वाञ्चलको टोलीले जारी प्रतियोगितामा कमजोर ब्याटिङ गरिरहेको छ । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि पूर्वाञ्चल आर्मीसँग मात्र १०३ रनमा समेटिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment