Monday, July 6, 2020

प्रधानमन्त्री ओली र कांग्रेस नेता कोइरालाबीच के भयो बालुवाटारमा ?

१५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच आज विहान आठ बजेदेखि १० बजेसम्म बालुवाटारमा भेटवार्ता भएको छ ।

नेकपामा पछिल्लो समय चर्किएको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगिरहेको बेला नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्नुलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १४ गते सचिवालयको निर्णयअनुसार उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस नगर्ने सन्देशसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उत्कर्षतर्फ अग्रसर भएको हो ।

यही तनाव चुलिँदै जाँदा प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई फोन गरेर बालुवाटारमा बोलाएका थिए । सोही भेटका लागी बालुवाटार पुगेका कोइराला र प्रधानमन्त्री ‌ओलीबिच के के कुरा भयो भन्ने बिषयले राजनैतिक माहौल तातिएको छ ।

प्रधानमन्त्री ‌ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले आफूलाई घेराबन्दी गर्न शक्तिकेन्द्र र व्यापारिक घरानाको समेत प्रयोग गरेको आरोप लगाएसँगै दुई अध्यक्षको अविश्वास उत्कर्षमा पुगेको कुरा सतहमा आएको हो ।

भेटवार्तामा  प्रधानमन्त्रीसँग काँग्रेस नेता डा. कोइरालाले बिभिन्न काण्ड तथा भ्रष्ट्राचारमा सरकार रक्षात्मक बन्दै गएकोले नैतिक रुपमा राजिनामा दिन सुझाएका कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।

कोइरालाले राजिनामा दिनुहोस् भन्दा प्रधानमन्त्री ओलीले तपाईंले भन्नु त ठीकै हो, आफ्नैले पनि जथाभावी भनिरहेका छन् भनेर दुखेसो पोख्नुभएको थियो ।

ओली र कोइरालाबीच समसामयिक राजनीति, सरकारका काम र आ-आफ्ना पार्टीभित्रका आन्तरिक प्रतिस्पर्धा, पछिल्लो राजनीतिक घट्नाक्रम, संविधान संशोधन, अडियो टेप प्रकरण लगायत बिभिन्न बिषयमा झन्डै दुई घन्टा कुराकानी भएको थियो।

यता भेटवार्ता लगत्तै बालुवाटारबाट बाहिरिएर कोइरालाले गृहनगर विराटनगरको यात्रा तय गरिनुले पनि नेपाली राजनितीमा ठुलो परिवर्तन हुन लागेको संकेत गरेको छ । यद्यपी कोइराला निकट स्रोतले यसलाई नियमित भ्रमण बताइरहेका छन् ।

उता आज बिहान प्रधानमन्त्री ओली र कोइरालाको भेटघाटपश्चात् प्रधानमन्त्री ‌ओलीले राजिनामा दिनको लागी तयार भएको भन्ने राजनैतिक हल्ला चलेपछि यो भेटघाट अझै सन्देहपुर्ण बनेको छ ।

बिशेषगरी नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने बिषयमा सचिवालयको निर्णय कार्यन्वयन नगरे प्रधानमन्त्री ओलीलाई पार्टी सचिवालयले बहुमतको डण्डा लगाउने चेतावनी दिनु र यसको प्रतिक्रियामा ओलीले ‘अप्रिय कदम चाल्नुपर्ने हुनसक्छ’ भनेर भन्नुले नयाँ राजनैतिक संकटको आह्वान गरिरहेको सङ्गकेत गरेको छ ।

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares