विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पोखरामा एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा, २७ जेठ – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।

facebook boost

पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ, पोखरा–१२ का ६२ वर्षीय कृष्णबहादुर गुरुङ, ५२ वर्षीय राज गुरुङ, ४८ वर्षीय लिहितकुमार गुरुङ, ६० वर्षीय मनबहादुर गुरुङ, वडा नं १३ भद्रकालीका ६५ वर्षीय तेजबहादुर गुरुङ र बाझापाटनका ६० वर्षीय रसबहादुर गुरुङ छन् ।
शनिबार पक्राउ परेका सबैलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...