विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पैसा ठीक पार्नुस्, तीन अर्बभन्दा बढीको आइपिओ आउँदै छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं २३ माघ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र आम नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको छ ।
साधारण शेयर बिक्रीको आवश्यक तयारी सुरु भएको आयोजनाले जनाएको छ । आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनी  लिमिटेडले करिब रु ३ अर्ब १७ करोड ८५ लाख बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।
त्यसमा स्थानीय दोलखाका जनतालाई कुल पुँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागिएको छ । आयोजनाकाअनुसार स्थानीयले रु १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर पाउनेछन् ।
यस्तै आयोजनाले आम नेपालीलाई कुल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । सो अनुपातमा सर्वसाधारणले रु १ अर्ब ५८ करोड ८५ लाख बराबरको साधारण शेयर प्राप्त गर्ने छन् । शेयरको रुपमा भने सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो ।
आगामी चैत्रको दोस्रो सातादेखि स्थानीय प्रभावित र सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको आयोजनाले जनाएको छ ।
दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भोीतक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाले यस अघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाख बढी सञ्चयकर्तालाई साधारण शेयर बिक्री गरिसकेको छ ।
तर हालसम्म बिक्री भएका साधारण शेयर नेपाल स्टक एक्चेन्जमा भने सूचीकृत हुन सकेको छैन ।
स्थानीय तथा सर्वसाधारणलाई छुट्ट्याएको क्रमशः १० र १५ प्रतिशत साधारण सेयर बिक्री भए पछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर स्टकमा सूचीकृत गर्ने तयारी गरिएको हो ।
कम्पनीले  सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
शेयरमा आवेदन दिनका लागि अनिवार्य रुपमा हितग्राही(डिम्याट खाता) खोल्नुपर्ने छ । सो खाताबिना सेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्न समेत कम्पनीले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
आयोजनाले  स्थानीयलाई समेत विभिन्न तीन श्रेणीमा विभाजन गरेको छ । आयोजनाले गरेको विभाजनमा अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्र रहेका छन् ।
गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको आयोजनाले जनाएको छ ।
स्थानीयले न्यूनत्तम ३० देखि अधिकत्तम ३०० सय कित्तासम्म शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time