विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पेट्रोलियम पदार्थ मूल्य वृद्धिः नेविसंघको विरोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ११ जेठ – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ ।

facebook boost

नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा आज स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो ।

नेविसंघका उपाध्यक्ष नवीन राई, रामप्रसाद अधिकारीलगायतले बहुमतका नाममा सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गरेको, जन्मकैदका दोषीलाई कारागारमुक्त गर्न खोजेको भनी विरोध गर्नुभयो ।रासस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...