विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पुटिन र ट्रपबीच जर्मनीमा भेट हुनसक्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मस्को, ८ असार ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पका बीचमा अर्को महिना जर्मनीमा भेटवार्ता हुनसक्ने भएको छ ।
तर भेटवार्ता भएमा कुनै सम्झौता गर्ने तयारी भने केही नभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिनुभएको छ ।
“आगामी जुलाईको ७ देखि ८ तारिखसम्म जर्मनीको हाम्बर्गमा हुने जी–२० सम्मेलनका क्रममा पुटिन र ट्रम्पका बीचमा भेटवार्ता हुन सक्नेछ, तर उहाँहरूले के कसरी भेटवार्ता गर्नुहुनेछ भन्ने अहिलेसम्म केही भन्न सक्ने अवस्था छैन,” पेस्कोभले भन्नुभयो ।
आवश्यकता प¥यो भने दुई देशका प्रमुखहरूको भेटवार्ताका लागि आवश्यक तयारी गर्न पनि सकिने उहाँले बताउनुभयो । त्यसका लागि कुनै बाधा नभएको पनि पेस्कोभको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time