Thursday, October 29, 2020

पाल्पामा भूकम्पप्रभावित विद्यालय पुनःनिर्माण हुँदै

रामपुर (पाल्पा), १२ जेठ ।

पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् ।

विसं २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त भवनमध्ये छकोठे चारवटा भवन, आठकोठे चारवटा र चारकोठे १३ भवन पुनःनिर्माणका क्रममा छन् ।
छकोठे भवनअन्तर्गत दरैठाँटी मावि रामपुर, जनप्रिय मावि हेक्लाङ, कृष्णादेवी मावि गाडाँकोट र भैरव नवदीप मावि छहरा रहेका छन् भने आठकोठेतर्फ रामतुल्सी मावि रामपुर, भैरव जनता मावि भैरवस्थान, जनप्रिय मावि तानसेन र त्रिभुवन मावि अर्गलीको विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेका छन् ।
यसैगरी, जिल्लामा १३ वटा विद्यालयका चारकोठे भवनको पुनःनिर्माण भइरहेकामा जनहित भगवती मावि हुमिन, दर्लमडाँडा मावि दर्लमडाँडा, अमृत पब्लिक मावि पीपलडाँडा, पृथ्वी प्रकाश मावि कोलडाँडा, भानुभक्त मावि रामपुर, बेदवेदाङ्ग मावि सिद्धेश्वर रहेका छन् ।
यस्तै, चारकोठे भवन शारदा मावि मदनपोखरा, दोभान मावि दोभान, सत्यवती मावि सत्यवती, रविकिरण मावि पीपलडाँडा, गङ्गा मावि रामपुर, सातपोखरी मावि गोठादी र राम मावि खानीछापको विद्यालयको भवन आउँदो असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न गर्ने गरी काम तीव्र भइरहेको जिल्ला शिक्षा कार्यालय, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
क्षतिग्रस्त दुईकोठे र तीनकोठे गरी ९४ वटा विद्यालयका भवन गतवर्ष नै पुनःनिर्माण सम्पन्न भइसकेका छन् । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •