विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पाइला पाइलामा लुट। जनता भाेकै सांसदलाई सुविधा थप, हेर्नुहाेस् के के छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हेटौंडा – हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ ।

प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।

प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ । यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ ।

समाचारमा लेखिएको छ, साथै, सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ ।

सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो ।

घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच बर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time