Tuesday, September 29, 2020

पहिरो पन्छाएर बिहानदेखि यातायात सञ्चालन

रत्ननगर (चितवन), १५ असार ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर आज बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ ।
चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको हो । गएरातिको पहिरोले यहाँ सात घन्टा यातायात अवरुद्ध भएको जनाइएको छ ।
पहिरोका कारण राति १० बजे थुनिएका सवारी अहिले गन्तव्यतर्फ गइरहेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरी टोली नै खटाएर गाडी व्यवस्थित बनाई पठाउन थालिएको छ । यातायात सहज हुन अझै केही घन्टा लाग्ने प्रहरीले जनाएको छ । पहिरोको उच्च जोखिम क्षेत्र मानिएको कालीखोलामा असार महिना लागेपछि १० पटकभन्दा बढी पहिरो खसिसकेको छ ।
यही असार ९ गते कालीखोलामा खसेको पहिरोले एउटा प्रहरीको जिप र ट्रकसमेत बगाएको थियो । सो घटनामा तीन प्रहरीको मृत्यु भएको छ भने एक प्रहरी बेपत्ता छन् ।
सो क्षेत्र मुग्लिन सडकबाट करिब दुई–तीन किमी नारायणगढतर्फ पर्दछ । मुग्लिन सडकमा मानवीय जोखिम बढेपछि केही दिनअघि मात्रै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी सहितको टोलीले स्थलगत अनुगमन गरी काम छिटो गर्न र जोखिम कम गर्ने निर्देशन दिएको थियो । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •