Sunday, September 27, 2020

पहिरो काे कारण महाकाली राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ । पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares