विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोलम्बो, १२ जेठ ।

श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् ।
कालुतारा क्षेत्रमा शुक्रबार निकै ठुलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन् ।
दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पनि पठाइएको छ ।
घटनास्थलमा अहिले पनि पानीको मात्रा बढीरहेको र उद्धार कार्यमा कठिनाई भइरहेको उद्धारमा खटिएकाहरुले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time