पत्नीपीडितका लागि खुल्यो आश्रम,

0 Shares

लोग्नेको हिंसाबाट पीडित महिलाहरुका बारेमा विभिन्न घटना सार्वजनिक हुने गरेका छन् । तर, पत्नीबाट पीडित भएका पुरुषहरु भने लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य हुन्छन् ।

 

सायद पत्नी पीडित पुरुषहरुको यही पीडालाई ध्यानमा राखेर होला छिमेकी मुलुक भारतमा पत्नीपीडित पुरुषहरुका लागि आश्रम खोलिएको छ ।भारतको औरंगावादमा यस्तो विशेष आश्रम खुलेको हो । आश्रमका सञ्चालक भारत फुलारे स्वयं पत्नी पीडित हुन् । उनकी श्रीमतीले उनी विरुद्ध १४७ वटा मुद्दा हालेकी छिन् ।पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उत्तः आश्रमको उद्घाटन गरेका हुन् ।उक्त पत्नीपीडित आश्रममा अहिलेसम्म भारतभरिबाट गरी ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको उनी बताउँछन् । कतिपय त सोही आश्रममा बस्ने गरेका छन् । उक्त आश्रममा बस्नका लागि चाहिँ एउटा शर्त छ । त्यस्ता पुरुषहरु मात्र त्यहाँ बस्न पाउँछन्, जो विरुद्धका उनका श्रीमतीले कम्तीमा २० वटा मुद्दा हालेका होउन् ।झण्डै १२ सय वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त आश्रममा तिनवटा कोठा छन् । यहाँ हरेक शनिवार र आइतबार पत्नी पीडित पुरुषहरुलाई परामर्श दिइन्छ । आश्रममा बस्ने पुरुषहरुले पैसा जम्मा गरेर यहाँ लाग्ने खर्च जुटाउँछन् । उनीहरु खाना बनाउने लगायतका सबै काम आफै गर्छन् ।सञ्चालक फुलारे आश्रममा आउने सबै पुरुषहरुका मामिला विश्लेषण गर्छन् र कुन विषयमा खास गडबडी रहेछ र कमजोर कडी के रहेछ भन्ने पत्ता लगाउने प्रयास गर्छन् ।साथै पत्नीपीडित पुरुष विरुद्ध लागिरहेको मुद्दाका विषयमा कानूनविदहरुसँग सल्लाह लिइन्छ ।मुद्दाका कारण केही महिनासम्म शहर बाहिर जानुपर्दा उनले आफू जस्तै तीन जना पत्नीपीडित भेटे । त्यसपछि उनलाई पत्नी पीडित पुरुषका लागि आश्रम खोल्ने आइडिया फुरेको हो

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment