पञ्चासे मावीलाई सहयोग प्राप्त

0 Shares


डिल बहादुर लामा
नुवाकोट, २९ जेठ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालीका ४ मा रहेको श्री पञ्चासे मावीलाई बिभिन्न सामग्री उपलब्ध भएको छ ।
बेलकोटगढी नगरपालीका वडा नं ४ का समाजसेवी तथा पर्यटन ब्यवसायी जगत लामाले बिद्यालयको लागी आवस्यक पर्ने कम्प्युटर १ थान ड्रम सेट १ थान भलिबल ४ वटा भलिबल नेट २ थान प्रीन्टर मेसिन १ थान साउन्ड सिस्टम १ थान सहयोग गर्नुभएको हो । बिद्यालयको प्रांगणमा एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको सो सामग्रीले बिद्यार्थी पुर्णरुपमा लाभान्वित हुने उहाको बिश्वास छ । जिल्लाको दक्षिणीभेगमा रहेको सो बिद्यलयको प्रांगणमा भएको कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपप्रमुख तथा अधिवक्ता कविता ढुंगाना, वडा नं ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामा, लगाएत बिभिन्न ब्यक्तीत्वहरुको उपस्थित रहेको थियो । आफु नगरको मेएर पदमा चुनाव लडेर हार ब्यहोर्नुपरेपनी जनबिश्वासको कदर गर्दै सामाजिक काममा सधै अघि बढ्ने सहयोगी लामाले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागी नगरको उपमेयर तथा अधिवक्ता कविता ढुंगानाले आफ्नो नगरका नागरिकलाई कानुनीरुपमा समस्या परेमा आफु सहयोग गर्न तत्पर रहेको बताउनुभयो । त्यस्तै बेलकोटगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष चन्द्र बहादुर लामाले आफ्ना वडाभित्रका समस्याहरु समाधानका लागी आफु लागी परेको र यसमा साथ दिन सबैलाई आग्रह गर्नभयो । बिद्यलयको आर्थीक अवस्था कमजोर रहेको बेला आधुनीक र बैज्ञानिक शिक्षाका लागी अत्यावस्यक सामग्री बिध्यालयलाई सहयोग गरेकोमा बिद्यलयको तर्फबाट सहयोगी जगत लामालाई धन्यावाद दिदैे बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष दिपेश घलानले आगामी दिनमा पनी यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment