विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेपाल संस्कृत विश्वविद्यालयमा विद्यार्थीद्धारा अनिश्चितकालिन तालाबन्दी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,२८ फागुन । नेपाल संस्कृत विश्वविद्यालयले सबै शैक्षिक कार्यक्रममा अवैज्ञानिक तरिकाले शुल्क बढाएको भन्दै हिजो देखिअनिश्चितकालिन क्याम्पसको प्रसाशन शाखामा तालाबन्दी गरेको संस्कृत विश्वविद्यालयका क्रान्तिकारी विद्यार्थी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

शुल्कको वारेमा विश्वविद्यालयसँग पटक पटक आवाज उठाउदापनि त्यसको सुनुवाई नभएको भन्दै राज्यको अरबै स्रोतमा सुतेर निदाएका पदाधिकारिहरुले विश्वविद्यालय उन्नयनमा एक सिन्को नभाच्ने तर विद्यार्थीको ढाँड सक्ने गरी शुल्क बढाएको आरोप विद्यार्थीहरुले लगाएका छन् । साथै पाठ्यक्रम परिमार्जम नहुन, दिक्षन्त समारोह नहुनु, भौतिक अवस्था दयनिय भएको वेलामा विद्यार्थीलाई विकर्षण गर्ने गरी गरिएको शुल्कको सम्पूर्ण फिर्ता नभएसम्मको लागि चरणबद्ध आन्दोलन अन्र्तगत बाल्मीकी विद्यापिठ प्रशासनमा संयुक्त विद्यार्थी संगठनको तर्फवाट तालाबन्दी गरिएको सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार सुरुमा ५ सय ८० रुपैया रहेको शुल्क एकाएक ३ हजार ६ सय २० रुपैंयाले बढेर ४ हजार २ सय पुगेको थियो । विद्यार्थीले पटक पटक ताकेता गरेतापनि प्रशासनले १ हजार मात्र घटाएर हाल ३ हजार २ सय कायम छ । ४५० % शुल्क वृद्धि भएको हो ।

सापकोटाले भने, शुल्क फिर्ता नहुनजेलसम्म अनिश्चित कालिन बन्द हो । अव चाडैं फिर्ता नभए देशभरका विश्वविद्यालयमा प्रशासन शाखामा बन्द गर्ने वताए । विद्यार्थीमा पर्न गएको असर क्याम्पस प्रशासनले लिनुपर्ने बताए भने पठनपाठन यथावत् रहने जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...