नेपाल र यमन गोलरहीत बराबरी

0 Shares


काठमाडौ, ३० जेठ ।
एसिया कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत् आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको छ ।
यमनका केही प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए ।
फिफा वरीयतामा नेपालभन्दा बलियो टोली भएपनि यमनले मंगलबार सशस्त्र प्रहरी बलको मैदान हलचोकमा खासै राम्रो प्रदर्शन गर्न सकेन ।
नेपाल यसअघि यमनसँग पराजित हुँदै आएकाले पनि बराबरी गर्नुलाई राम्रै मानिएको छ । फिफा वरीयतामा यमन १२४औं तथा नेपाल १६९औं स्थानमा छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment