विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेपाल पाराओलम्पिक कमिटीको २३ औं साधारण सभा तथा अधिवेशन

दिपक कोइरालाको नेतृत्वमा १४ सदस्य नयाँ कार्यसमिती चयन

  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares

माघ २१ । अपाङ्गता भएका व्यक्तिहरुको खेलकुदको छाता संस्था नेपाल पाराओलम्पिक कमिटीको २३ औं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

काठमाडौँमा सम्पन्न उक्त अधिवेशनले बिभिन्न खेलकुद संघहरुको प्रतिनिधित्व गर्ने गरी दिपक कोईरालाको अध्यक्षतामा १४ जना पदाधिकारी तथा सदस्यहरुको निर्बिरोध चयन गरेको हो ।

१३ औं दक्षिण एसियालि साग गेमका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि कमल खनालले मन्तब्य दिनुहुँदै अपाङ्गता भएका व्यक्तिहरुको खेलकुद बिकासका लागि अपाङ्गता भएका ब्यक्तिहरु एकजुट भएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

साधारण सभा तथा महाधिवेशनमा नेपाल पाराओल्मपिक कमिटीका संस्थापक अध्यक्ष युवराज खाती तथा संस्थापक महासचिव नरेन्द्र गुरुङ लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

निर्वाचित पदाधिकारीहरुको कार्यकाल ४ बर्षको रहने नवनिर्वाचित कमिटीकी उपाध्यक्ष गोमादेवी पौडेलले जानकारी दिनुभयो । बिक्रम सम्वत् २०५२ सालमा स्थापना भएको कमिटीको २३ औँ बर्षमा आइपुग्दासम्म यसले विभिन्न आरोह अवरोह भोगेको बताउँदै आगामी दिनमा पाराओलम्पिक कमिटीको तर्फबाट अपाङ्गता भएका खेलाडिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सहभागीता सहित उनिहरुको जिविकोपार्जनमा टेवा पुर्याउने आफ्नो लक्ष्य रहेको नवनिर्वाचित कमिटीका अध्यक्ष दिपक कोइरालाले बताउनुभयो ।

नवनिर्बाचित कार्यसमितिको नामावली

१.अध्यक्ष – दिपक कोईराला

२.ब.उपाध्यक्ष – सुर्य कुमारी गुरुङ

३. उपाध्यक्ष- गोमा देवी पौडेल

४. उपाध्यक्ष- ढुण्डि राज चालिसे

५.महासचिव- प्रकाश चिलुवाल

६.सचिव –मदन मान सिंह रोकाय

७..कोषाध्यक्ष- शोभा बिष्ट (खतिवडा)

सदस्यहरु

८.  बिरु कमल श्रेष्ठ 

९. देवी आचार्य

१०. कमला दाहाल

११. गीता पौडेल

१२.-उपेन्द्र श्रेष्ठ

१३. केशब थापा

१४. छुल्ठिम शेर्पा 

 

 

 

केटीले केटालाइ harayo


  • 75
  •  
  •  
  •  
  •  
  •  
  •  
    75
    Shares
प्रतिक्रिया
Loading...