विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नेपालले पहिलो पटक एकदिवसीय मान्यता पायो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं १ चैत । नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेको छ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराए पछि र नेदरल्याण्डले हङकङलाई रनले हराएपछि नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाउन सफल भएको हो ।

नेपालले अबको ४ वर्षसम्म एकदिवसीय मान्यता पाउने छ । एकदिवसीय मान्यता पाएसँगै नेपालको क्रिकेटमा आइसीसीले अहिले गर्दै आएको भन्दा ठूलो सहयोग गर्नेछ भने निरन्तर रुपमा नेपाली क्रिकेट टिमले आइसीसीले खेलाउने विभिन्न खेलहरुमा सहभागिता जनाउन पाउने छ । आजको खेलमा हारेको पपुवा न्यूगिनीको भने एकदिवसीय मान्यता खोसिएको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप जितेका कारण नेदरल्याण्ड्सको एकदिवसीय मान्यतामा भने प्लेअफमा पराजित भए पनि कुनै असर पर्ने छैन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...