Saturday, August 15, 2020

नुवाकोट गोल्डकप ः कास्कीलाई हराउँदै नेपाल पुलिस फाइनलमा

नुवाकोट, २४ जेठ – यहाँ जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब कास्की–११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

बट्टारस्थित खेल मैदानमा आज भएको खेलमा पेनाल्टीमा पुलिस क्लब ३–२ गोल अन्तरले कास्कीलाई हराएर फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे ।

कास्कीका तर्फबाट अजित गुरुङ र विश्व अधिकारीले मात्र गोल गरेपछि खेलको विजेता पुलिस क्बल भएको हो । पुलिसका तर्फबाट अजित भण्डारी र भोला सिलवालले पेनाल्टी खेर फाले भने कास्कीका तर्फबाट विमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको पेनाल्टी खेर गयो ।

शनिबार हुने प्रतियोगिताको फाइनल खेलमा आजको विजेता पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुने आयोजक नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दीपक चित्रकारले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •